प्रतिनिधि सभा बैठक [लाइभ]
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक बसिरहेको छ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको छ।
साथै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
Read full story at source (hamrakura.com)