चोरी भएका ५० मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण
nepalpress.com · Tue Sep 15 07:57:14 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५० वटा हराएका मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सम्बन्धित धनीलाई फेला परेका मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
Read full story at source (nepalpress.com)