भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
barnanmedia.com · Tue Sep 15 07:59:26 GMT 2026

तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह सुरु गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा सुरु गरेको हो । भूमि प्रशासन सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि भानु नगरपालिकाका सेवाग्राहीलाई जग्गासम्बन्धी कामका लागि सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता हटेको छ । सेवा सुरु भएसँगै नगरपालिकाले जग्गा प्रशासनको कामलाई स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ ।
Read full story at source (barnanmedia.com)