भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् उपलब्ध गराउने
arthasansar.com · Tue Sep 15 08:20:53 GMT 2026

भारतले नेपालमा दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।
भारतको विद्युत् मन्त्रालयको सूचनाअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी एससी लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ । यसअनुसार नेपालले भारतबाट कुल ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउनेछ । भारतले दैनिक राति १२ बजेदेखि बेलुकाको ६ बजेसम्म १८ घण्टाका लागि विद्युत् निर्यातको स्वीकृति दिएको हो । सन् २०२७ को जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतको विद्युत् मन्त्रालयले जनाएको छ ।
Read full story at source (arthasansar.com)