रास्वपाको केन्द्रीय सदस्य हुँ भन्दै सरकारी कार्यालयमा धाकधम्की, झापाका सुजन पक्राउ
barnanmedia.com · Tue Sep 15 08:29:26 GMT 2026

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संस्थामा धाकधम्की दिएको आरोपमा झापाका सुजन विश्वकर्मा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दीबारीका २६ वर्षीय विश्वकर्मालाई आफू प्रधानमन्त्री तथा गृहमन्त्रीसँग निकट सम्बन्धमा रहेको भन्दै आफ्नो प्रभाव देखाएर विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिने गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
Read full story at source (barnanmedia.com)