आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुख रानामगरको निधन
baahrakhari.com · Sat Jun 27 13:47:26 GMT 2026

बुटवल । गाडी दुर्घटनामा परी प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको निधन भएको छ । शनिबार (असार १३) उनी आफैँले चलाएको गाडी दुर्घटना भएको हो ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बांगेसल्ला क्षेत्रमा पल्टिएको थियो । गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा ५० वर्षीय रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
Read full story at source (baahrakhari.com)