आणविक निरीक्षणमा इरानको अडान
gorkhapatraonline.com · Tue Jun 23 09:29:00 GMT 2026

इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का निरीक्षकले अमेरिकाले पहिले आक्रमण गरेका आणविक स्थलको भ्रमण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । यसले स्विट्जरल्यान्ड वार्तापछि आएको अमेरिकी दाबीलाई प्रत्यक्ष चुनौती दिएको छ ।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त भ्रमणसम्बन्धी कुनै सहमति वा तयारी नभएको बताउनुभयो । उहाँको भनाइ अमेरिकी उपराष्ट्रपति जेडी भान्सको त्यस अघिको दाबीभन्दा फरक देखिएको छ र स्विट्जरल्यान्ड वार्ताले आइएइएलाई इरानी साइटमा पहुँच दिने सहमति जुटाएको भनिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)