काठमाडौंको एयरपोर्टबाट १६ हजार खिल्ली सिगरेट जफत
nepalpress.com · Tue Sep 15 08:48:56 GMT 2026

काठमाडौं । भन्सार जाँचबिना नै विदेश पठाउन लागिएको सिगरेट प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट विदेश पठाउन लागिएको सिगरेटका दुईवटा कार्टुन नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रवक्ता एसपी राजकुमार सिलवालले बताए । ती दुई कार्टुनमा १६ हजार खिल्ली सिगरेट छन् ।
Read full story at source (nepalpress.com)