दोलखा सहरमा दर्जनौँ मठमन्दिर
gorkhapatraonline.com · Sat Aug 29 03:19:21 GMT 2026

दोलखा, भदौ १३ गते । दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–२ मा रहेको ऐतिहासिक दोलखा सहरमा दर्जनौँ मठमन्दिर, स्तूप तथा सामुदायिक स्थल रहेका छन् ।
कुनै समय राज्यको राजधानीसमेत रहेको यस क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महìवका ६३ वटा स्थल रहेको वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ २९ वटा हिन्दु मन्दिर, हिन्दु–बौद्ध दुवै समुदायसँग सम्बन्धित एक मञ्जुश्री स्थल, नौ वटा बौद्ध स्तूप र २४ वटा सामुदायिक स्थल रहेका छन् । सानाठुला सबै धार्मिक तथा सांस्कृतिक स्थलको अवलोकन तथा दर्शन गर्न करिब सात घण्टा लाग्ने उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)