जलवायु परिवर्तनले यार्चागुम्बा सङ्कटमा
gorkhapatraonline.com · Sat Aug 29 03:19:36 GMT 2026

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र पाटनमा हिउँ पर्ने क्रम घट्दै गएपछि बहुमूल्य जडीबुटी यार्चागुम्बाको उत्पादनमा असर परेको छ । मुगुको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाको उत्तरी क्षेत्रमा पाइने यार्चागुम्बा पछिल्ला वर्षमा गुणस्तर र उत्पादन दुवै हिसाबले घट्दै गएको स्थानीयले बताएका छन् ।
मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीय पाल्जथोजिङ लामाका अनुसार हिमाली क्षेत्रमा पर्याप्त हिउँ नपर्दा यार्चागुम्बाको उत्पादन र गुणस्तरमा प्रत्यक्ष असर परेको छ । गाउँपालिकाको वनक्षेत्रमा पर्ने सानोकोइकी, ठुलोकुइकी, रिउगाड, च्याप्ने र छापाखोलालगायतका पाटनमा जेठदेखि असारसम्म यार्चागुम्बा सङ्कलन गरिन्छ ।
Read full story at source (gorkhapatraonline.com)