साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल सहभागी हाेला ?
ratopati.com · Tue Sep 15 09:06:41 GMT 2026
काठमाडौँ। बङ्गलादेशमा आयोजना हुने टेक्नो साफ च्याम्पियनसिप २०२६ को खेल तालिका मंगलबार सार्वजनिक भएको छ । तर सार्वजनिक तालिकामा नेपाललाई समावेश गरिएको छैन । नेपालले प्रतियोगितामा सहभागिता जनाउने वा नजनाउने विषय टुङ्गो लागेपछि खेल तालिका पुनः संशोधन गरिने जनाइएको छ।
सार्वजनिक तालिकाअनुसार प्रतियोगिता नोभेम्बर ५ देखि १७ तारिखसम्म हुनेछ । समूह चरणका खेलहरू नोभेम्बर ५, ८ र ११ मा हुनेछन् । नोभेम्बर ५ मा पाकिस्तानले भारतसँग तथा भुटानले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नोभेम्बर ८ मा माल्दिभ्सले पाकिस्तान तथा श्रीलङ्काले भुटानको सामना गर्नेछ।
Read full story at source (ratopati.com)