दाङमा आठ नाल भरुवा बन्दुक बरामद
gorkhapatraonline.com · Tue Sep 15 09:06:06 GMT 2026

दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
जंगल तथा झाडीमा लुकाइराखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल कार्यालय दाङ तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ६ बजेदेखि ११ बजेसम्म विशेष अप्रेसनका क्रममा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)