बाढी प्रभावित ४०० परिवारलाई ११ लाख बराबरको राहत सामग्री सहयोग
annapurnapost.com · Tue Sep 15 09:07:05 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुका लागि Delhi Mahal Group, Sitaram Gokul Milks Pvt.Ltd र Arya International Pvt. Ltd.को संयुक्त पहलमा ११ लाख बराबरको राहत साम्रगी सहयोग गरिएको छ।
करिब ४०० प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको हो। उक्त राहत सामग्री नुवाकोटको विदुर नगरपालिका–५ को पिपलटार र वडा नम्बर १ को त्रिशूली बजार र त्यस क्षेत्रमा रहेका बेत्रावती तथा रसुवाका बाढी–पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिनेछ।
Read full story at source (annapurnapost.com)