हिमाली क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्न मन्त्री चौधरीको आह्वान
baahrakhari.com · Tue Sep 15 09:22:57 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर सम्बोधन गर्न विशेष प्रकृतिका अनुकूलन कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् । मुस्ताङको घरपझोङ आयोजना गरेको जलवायु सम्मेलनमा उनले स्थानीय स्तरबाट जलवायु चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना हुनु महत्वपूर्ण पहल रहेको उनले बताइन् ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको उच्च जोखिम झेलिरहेको चौधरीको भनाइ छ । हिमालमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने र वर्षाको स्वरूप बदलिँदा कृषि, पशुपालन, पर्यटन, जलस्रोत र खाद्य सुरक्षामा गम्भीर असर परेको तथा हिमाली क्षेत्र यसको अग्रपंक्तिमा रहेको उनको भनाइ छ ।
Read full story at source (baahrakhari.com)