सुरक्षा चिन्ताका कारण ह्यारी र मेघनले सारे छोराछोरीको विद्यालय
ratopati.com · Tue Sep 15 10:01:10 GMT 2026

लण्डन। बेलायतमा पुनः बसोबास थालेको केही दिनमै राजकुमार ह्यारी र उनकी पत्नी मेघनले सुरक्षाको कारण देखाउँदै आफ्ना दुई सन्तानको विद्यालय परिवर्तन गरेका छन्। विद्यालयसम्मको दूरी र बाटोमा हुने अत्यधिक सवारी साधनका कारण सुरक्षा जोखिम देखिएपछि नयाँ विद्यालय रोजिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
ह्यारी र मेघन सन् २०२० मा शाही जिम्मेवारी त्यागेर अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका थिए। अहिले उनीहरू सात वर्षीय छोरा राजकुमार आर्ची र पाँच वर्षीया छोरी राजकुमारी लिलिबेटसँगै मध्य इङ्गल्यान्डको कोटस्वोल्ड्स क्षेत्रमा बसोबास गरिरहेका छन्। दुवै सन्तानलाई निजी विद्यालयमा भर्ना गरिएको भए पनि विद्यालयको नाम भने गोप्य राखिएको छ।
Read full story at source (ratopati.com)