उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने
khabarhub.com · Tue Sep 15 10:06:00 GMT 2026

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउने लगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले आन्तरिक वायुसेवा प्रदायकहरूको कानुनी दायित्व, यात्रुको अधिकार र क्षतिपूर्तिसँग सम्बन्धीत बिषयलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका हुन् ।
Read full story at source (khabarhub.com)