के २०२० को दशक चीनको दशक बन्दैछ?
barnanmedia.com · Tue Sep 15 10:08:57 GMT 2026

अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै गएको र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले आफ्नो प्राथमिकताअनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन् ।
अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले तत्काल अमेरिकासँग प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार गरिरहेको छ । चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता कायम राख्न चाहेको उहाँको भनाइ छ ।
Read full story at source (barnanmedia.com)