निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
ratopati.com · Tue Jun 23 11:15:34 GMT 2026
जनकपुरधाम । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सञ्चालित निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गर्दै लुम्बिनीले दुई अङ्क जोडेको छ । टस जितेर लुम्बिनीले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८५ रनको योगफलमा जोड्न सक्यो ।
Read full story at source (ratopati.com)