ट्रेन्ड सेटर एउटा, पछ्याउनेको लर्को
baahrakhari.com · Tue Sep 15 10:26:35 GMT 2026

काठमाडौं । यस वर्ष साउन १ गतेदेखि चलचित्र ‘गौँथली’को प्रदर्शन थियो । सायद निर्माता समेत रहेका डा. कपिल रिजाललाई चलचित्रलाई कसरी चलाउने भन्ने अलि बढी नै दबाब थियो । किनकि, उनको अघिल्लो चलचित्र ‘ह्यारी कि प्यारी’ बक्सअफिसमा असफल भएको थियो । त्यसैले ‘गौँथली’लाई जसरी पनि दर्शकमाझ रिलिजपूर्व नै ‘नोटिस’ गराउनु थियो । नभन्दै उनी सफल पनि भए ।
चलचित्रका मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्कालाई एक टेलिभिजन अन्तर्वार्तामा सिनेमाको क्यारेक्टरमै पठाए । अरुण सिनेमाको पात्र ‘ठूले’ र सिम्रन ‘गौँथली’कै भेषमा पुगेर सोही लबजमा अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्ता सोसल मिडियामा लोकप्रिय हुँदा सिनेमाको हाइप बढ्यो । चलचित्रकी मुख्य पात्र ‘गौँथली’ डोको बोकेर काठमाडौं उपत्यकाका सडकसडक सिनेमा हेर्न निम्तो दिँदै हिँडिन् ।
Read full story at source (baahrakhari.com)