चार हजार मिटर भन्दामाथि महाबुधाम मेला
gorkhapatraonline.com · Sat Aug 29 03:25:58 GMT 2026

दैलेख र कालीकोटको सिमानामा पर्ने समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय स्थल महाबुधाममा जनैपूर्णिमाका अवसरमा भव्य मेला लागेको छ । जनैपूर्णिमाको अघिल्लो दिनदेखि सुरु हुने मेलामा दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला, नेपालगन्जलगायतका जिल्लाका भक्तजन तथा भारतमा बसोबास गर्ने नेपालीसमेत दर्शन र पूजाआजाका लागि महाबुधाम पुगेका छन् ।
महाबुधाममा रहेको शिवलिङ्गको दर्शन गरेमा पाप नष्ट हुने र भाकल पूरा हुने धार्मिक विश्वास छ । धार्मिक किंवदन्ती अनुसार महाबु लेकमा आचार्य ब्राह्मणका बोल्न नसक्ने छोरा भैँसी चराउन जाँदा ढुङ्गामाथि सुतेका बेला ढुङ्गाभित्रबाट केही उत्पन्न भएको देखे । त्यहाँ खोतल्दा शिवलिङ्ग उत्पन्न भएको र भगवान् शिवले उनलाई बोल्न तथा वेद पढ्न सक्ने वरदान दिएको जनविश्वास छ ।
Read full story at source (gorkhapatraonline.com)