रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहायता घोषणा
ratopati.com · Thu Aug 27 05:46:08 GMT 2026

काठमाडौँ । नेपालमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति अमेरिकाले गहिरो समवेदना व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यो विपद्बाट प्रभावित सम्पूर्णप्रति सहानुभूति प्रकट गरेको हो।
अमेरिकी विदेश मन्त्रालयले स्थितिलाई नजिकबाट नियालिरहेको र उद्धार कार्यमा सघाउ पुर्याउन प्रभावित क्षेत्रमा एक जना विपद् व्यवस्थापन सल्लाहकार परिचालन गरिरहेको जनाएको छ। मन्त्रालयले क्थलिक रिलिफ सर्भिसमार्फत बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री, पानी, सरसफाइ तथा स्वच्छता सहायताका लागि ५ लाख अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ।
Read full story at source (ratopati.com)