धितोपत्र बोर्डको निर्देशन — संस्थापकले सेयर बेच्नुअघि १५ दिन पहिले जानकारी दिनुपर्ने, बजारमा कस्तो पर्ला असर ?
arthasansar.com · Tue Sep 15 10:01:17 GMT 2026

नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचकृत कम्पनीहरुका लागि एउटा निर्देशन जारी गर्दै कम्पनीका आधारभूत सेयरधनीहरुले ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्दा १५ दिन पहिले जानकारी गराउन भन्यो । बोर्डले दिएको यस्तो निर्देशन अनुसार नेप्सेमा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको पाँच प्रतिशत वा सोभन्दा बढी हिस्सा बिक्री गर्नुअघि अनिवार्य रूपमा सार्वजनिक सूचना दिनु पर्ने भएको छ ।
कम्पनीले प्राप्त गरेको उक्त जानकारी नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ । यसरी सार्वजनिक गरिएको सूचनाको वैधता तीन महिनासम्म कायम रहने बोर्डले स्पष्ट पारेको छ । यसको अर्थ, पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्ने आधारभूत सेयरधनीले पूर्वसूचना सार्वजनिक भएको ३ महिनाभित्र कारोबार गरिसक्नुपर्नेछ । उक्त अवधिमा बिक्री नभए पुनः निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ ।
Read full story at source (arthasansar.com)