निजी शिक्षण संस्थामा ३ लाख ११ हजार रोजगारी, २ लाख बढी शिक्षक
onlinekhabar.com · Tue Jun 23 12:57:05 GMT 2026

९ असार, काठमाडौं । नेपालका निजी शिक्षण संस्थामा ३ लाख भन्दा बढी व्यक्तिले रोजगारी पाएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको छ ।
सर्वेक्षण अनुसार ३ लाख ११ हजार ५१६ जना व्यक्ति निजी शिक्षण संस्थामा संलग्न रहेको देखिएको छ । यो सरकारी शिक्षण संस्थाबाहेकको संख्या हो । यीमध्ये ३ लाख २१ जना तलब/ज्याला पाउने कर्मचारी रहेको देखिएको छ । तलब–ज्याला पाउनेमध्ये २ लाख २१ हजार ५०४ जना शिक्षक र ७८ हजार ५१७ जना गैर–शिक्षक कर्मचारी रहेको तथ्यांकबाट देखिएको छ ।
Read full story at source (onlinekhabar.com)