मुसिकोटका आठ घर पहिरोको उच्च जोखिममा
gorkhapatraonline.com · Sat Aug 29 03:36:25 GMT 2026

समयमै रोकथामका काम नहुँदा गुल्मीको मुसिकोट नगरपालिका–३ मैदानका आठ घरपरिवार दुई वर्षदेखि पहिरोको उच्च जोखिममा रहेका छन्। उच्च भू–भागमा रहेको मुसिकोट मैदान बजार २०८१ साल साउन १४ गते गएको पहिरोका कारण जोखिममा परेको हो। सरकारले समयमै पहिरो नियन्त्रण तथा व्यवस्थापनका काम गर्न नसक्दा समस्या थपिँदै गएको स्थानीयको गुनासो छ।
प्रभावकारी संरक्षण तथा रोकथामका काम नहुँदा पहिरो विस्तार हुँदै गएर बजार क्षेत्र नै जोखिममा परेको छ। मुसिकोट नगरपालिका–३ मैदानकी सरस्वती घिमिरेको पक्की घरसमेत पहिरोको जोखिममा छ। घर पहिरोले भत्काउने डरले दुई वर्षदेखि रातमा राम्रोसँग सुत्न नसकेको उहाँले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)