बाढी प्रभावित स्थानमा टेलिकमको सेवाः १५२ साइट मध्ये ९२ सञ्चालनमा
kalakarmi.com · Thu Aug 27 09:56:48 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले भदौ १० गतेको बाढी पहिरोले मानवीय र भौतिक संरचनामा क्षति पुग्नुका साथै रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवाहरु प्रभावित भएको जनाएको छ । टेलिकमले विभिन्न स्थानमा सेवा सुचारु गर्नका लागि आवश्यक मर्मत सम्भार कार्य जारी राखेको पनि उल्लेख गरेको छ ।
रसुवा जिल्लाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्नको लागि नेपाल टेलिकमबाट न्यौपाने चौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरबाट जेनेरेटर तथा ब्याट्री लगायतका उपकरणहरु पठाई न्यौपाने चौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठूले गाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ, क्याङ्जिन लगायतका क्षेत्रहरुमा सेवा सुचारू गरिएको छ । धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ ।
Read full story at source (kalakarmi.com)