कांग्रेसको १५औँ महाधिवेशन : ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन
ratopati.com · Tue Sep 15 13:14:20 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय निर्वाचन समितिले देशभर निर्वाचन प्रक्रिया तीव्र बनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
Read full story at source (ratopati.com)