नेपालको विपदमा देखिएन सार्क र बिमस्टेकको साथ
ratopati.com · Tue Sep 15 13:15:00 GMT 2026

काठमाडौँ । तीन वर्षअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महासचिवमा नियुक्त भएका मोहम्मद गोलाम सरवारलाई राष्ट्रपति रामचन्द्र पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले देखा परेको जलवायु परिवर्तनका असरका कारण हिन्दुकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको बताएका थिए । उनले यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको औँल्याएका थिए ।
महासचिव सरवारको कार्यकाल सकिन लागेको छ । यद्यपि राष्ट्रपति पौडेलले औँल्याएको जलवायु परिवर्तनको क्षेत्रमा सार्कले खासै काम गरेको देखिँदैन । अहिले नेपालमा जलवायु परिवर्तनकै कारण ठुलो विपद् आएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण जनधनको ठुलो क्षति भएको छ भने विश्वको ध्यान नेपालतिर केन्द्रित छ । यद्यपि सार्कले नेपालमा आएको विपद्बारे कुनै प्रतिक्रिया वा सद्भाव जनाएको छैन ।
Read full story at source (ratopati.com)