बाढी प्रभावितको उपचारमा सहयोग पुर्याउन प्रभु बैंकले संकलन गर्यो ३२१ पिन्ट रगत
kendrabindu.com · Tue Sep 15 13:14:48 GMT 2026

काठमाडौं । प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा २०८३ भदौ ३० गते एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकको केन्द्रीय कार्यालयसहित सातै प्रदेशका ८ वटा शाखा कार्यालयबाट गरी ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
Read full story at source (kendrabindu.com)