सुदूरपश्चिम गौरीगंगा फुटबल प्रतियोगिताको फाइनलमा
onlinekhabar.com · Sun Feb 23 17:10:59 GMT 2025
११ फागुन, काठमाडौं । श्याम बियाडीको निर्णयाक गोलसँगै सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसन जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले कर्णाली प्रदेश फुटबल एसोसिएसनलाई १–० ले पराजित गरेको हो। सुदूरपश्चिमको जितमा श्यामले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो।
Read full story at source (onlinekhabar.com)