विश्व साइकल दिवसमा भारत-नेपाल मैत्रीको सन्देश, वीरगञ्जमा भव्य साइकल र्याली सम्पन्न
aarthiknews.com

वीरगञ्ज। विश्व साइकल दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले वीरगञ्ज साइकलिङ क्लबको सहकार्यमा भव्य साइकल र्याली आयोजना गरेको छ। स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो यातायातको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
भारतीय महावाणिज्यदूत श्री देवी सहाय मीनाले भारतीय महावाणिज्य दूतावास परिसरबाट र्यालीको शुभारम्भ गरेका थिए। र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया हुँदै नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटसम्म पुगेको थियो। त्यसपछि सहभागीहरू सोही मार्ग हुँदै पुनः दूतावास परिसरमा फर्किएका थिए।
Read full story at source (aarthiknews.com)