राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता
ratopati.com · Tue Sep 15 13:46:04 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षति, खोजी, उद्धार तथा प्रभावितहरूलाई राहत, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापना लगायतका विषयमा कुराकानी भएको थियो।
Read full story at source (ratopati.com)