कर्णाली शिवराजका खेलाडीलाई महानायक राजेश हमालको प्रेरणा
ratopati.com · Sat Aug 29 03:45:34 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले आफ्ना खेलाडीहरूका लागि महानायक राजेश हमालसँग भेटघाट तथा साक्षात्कार कार्यक्रम आयोजना गरेको छ ।
बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित कार्यक्रममा महानायक हमालले टोलीका खेलाडीहरूसँग अन्तरक्रिया गर्दै आफ्नो अनुभव साझा गरेका थिए । उनले खेलाडीहरूलाई आत्मविश्वासका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्दै खेलकुदमा सफलता हासिल गर्न निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताएका थिए ।
Read full story at source (ratopati.com)