चिलिमे हाइड्रोपावरको १३० मिटरभित्र पुगे उद्धारकर्मी
ratopati.com · Tue Sep 15 14:30:21 GMT 2026

काठमाडौँ। रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङभित्र नेपाली सेना, सशस्त्र प्रहरी बल र भारतीय विशेषज्ञहरूले खोजीकार्य जारी राखेका छन् । भोटेकोशी बाढीको २०औँ दिनमा उद्धारकर्मीहरू चिलिमेको सुरुङको १३० मिटर भित्र पुगेका छन्।
संयुक्त उद्धार टोलीले ठुला उपकरणहरू एक्स्काभेटर र लोडर प्रयोग गरेर सुरुङको मुखबाट १ सय मिटर भित्रसम्मको डेब्रिज हटाएका छन् । सुरुङको मुखबाट भित्र ठुला ढुङ्गा र लेदो धेरै पसेको भेटिएपछि त्यसलाई हटाउन समय लागेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘त्यहाँ टनेलभित्रबाट पानी आइरहेको हुनाले पम्पको प्रयोग गरेर पानी हटाउँदै उद्धारकर्मी भित्र छिरेर खोजीकार्य गरिरहेका छन्।’
Read full story at source (ratopati.com)