नवलपरासीमा बलात्कार आरोपमा ५१ वर्षीय व्यक्ति पक्राउ
baahrakhari.com · Sat Jun 27 14:22:00 GMT 2026

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१२ का ५१ वर्षीय रामबहादुर सुनार छन् ।
५९ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (असार १२) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
Read full story at source (baahrakhari.com)