बरामद हुन्छन् तस्करीका सामान, मुख्य कारोबारीसम्म पुग्दैन अनुसन्धान
gorkhapatraonline.com · Sat Aug 29 03:50:28 GMT 2026

लुम्बिनी प्रदेशमा पछिल्लो समय ठुलो परिमाणमा भन्सार छली भित्र्याइएका सामान बरामद हुने क्रम बढेको छ । प्रहरीले जुत्ताचप्पल, कपडा, खाद्यान्नलगायतका सामान नियन्त्रणमा लिएर भन्सार बुझाउँदै आए पनि तस्करीको मुख्य सञ्जाल र कारोबारीसम्म अनुसन्धान पुग्न नसकेको देखिएको छ ।
रुपन्देही प्रहरीले गत आइतबार बुटवलको एक गोदाममा छापा मारेर करिब ८२ लाख रुपियाँ मूल्यका भन्सार छली भारतबाट ल्याइएका जुत्ता, चप्पल बरामद ग¥यो । विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठुलो परिमाणमा सामान भेटिए पनि त्यसका मुख्य कारोबारी भने पक्राउ परेका छैनन् ।
Read full story at source (gorkhapatraonline.com)