उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
ratopati.com · Tue Jun 23 17:41:36 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी ठहर गरेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको नवौँ बैठकले पौडेलको गिरफ्तारीको राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकले कुनै वस्तुपरक तथ्य र प्रमाणविना केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा पौडेललाई पक्राउ गरिएको निष्कर्ष निकालेको छ । एमालेले विशेष अदालतले पौडेललाई पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशप्रति पनि असहमति जनाउँदै त्यसलाई न्यायसम्मत नरहेको बताएको छ ।
Read full story at source (ratopati.com)