रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?
nepalnews.com · Sat Aug 29 04:11:36 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ। सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनस्थापनामा जुटिरहेको छ। यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त भइरहेको छ।
हालसम्म केही देश, व्यक्ति तथा संस्थाले सहयोग गरिसकेको अवस्था छ भने केहीले सहयोगको प्रतिबद्धता स्वरुप रकम घोषणा गरिसकेका छन् ।अर्थमन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ । यो रकम अनुदान हुने जनाइएको छ।
Read full story at source (nepalnews.com)