गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
nepalnews.com · Sat Aug 29 04:13:22 GMT 2026

भक्तपुर। भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र भैलद्योको आकर्षण मात्र देख्नुहुन्छ होला तर गाईजात्राको दिन बिहानै बाजागाजासहित भक्तपुरका नौ वटा पूर्व फर्केका ढुंगेधारा खोज्दै हिँड्ने ‘गुपु हिटी सिकेगु’ अर्थात् नौ ढुंगेधारा चिन्न जाने परम्परा पनि छ।
यही परम्परालाई निरन्तरता दिँदै भक्तपुर नगरपालिका–८ लिवालीस्थित निओ फ्युजन बाजा समूहले आज बिहानैदेखि ‘गुपु हिटी सिकेगु’ कार्यक्रम आयोजना गरेको छ। समूहका अध्यक्ष सविन लेबाले लोप हुने अवस्थामा पुगेको परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
Read full story at source (nepalnews.com)