बाढी प्रभावितका लागि वान स्टेप फाउन्डेसनको २५ लाख रुपैयाँ सहयोग
ratopati.com · Sat Aug 29 04:19:23 GMT 2026

टेक्सस । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
टेक्ससमा कार्यालय रहेको फाउन्डेसनका संस्थापक तथा परोपकारी धावक बाल जोशीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गरेका हुन्। उनले सो को जानकारी दिँदै टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
Read full story at source (ratopati.com)