मोटरमा नुहाउनेक्रममा करेन्ट लागेर मृत्यु
gorkhapatraonline.com · Sun May 31 01:24:43 GMT 2026

सर्लाहीको दक्षिण–पश्चिमभेगस्थित रामनगर गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
ग्रामीण भेगको रामनगर गाउँपालिका–६, मलघट्टाटोल बस्ने रामानन्द रायकी श्रीमती ५० वर्षीया मिथलेसीया देवीको करेन्ट लागेर मृत्यु भएको हो । उहाँलाई आफ्नै घरको टुबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाउनेक्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)