जुवाको खालबाट घरधनीसहित ११ जना पक्राउ
gorkhapatraonline.com · Sun May 31 01:44:53 GMT 2026

त्रियुगा नगरपालिका वडा नं. १२ फूलचोक क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले घरधनी चौधरिसहित ११ जनालाई पक्राउ गरेको हो ।
जुवाको खालबाट नगद एकलाख ८२ हजार ३८२ तथा १६ वटा कौडा, ११ थान मोबाइल फोन र ५ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)