दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु, ६ जना पक्राउ
baahrakhari.com · Sun May 31 01:51:23 GMT 2026

दाङ । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकजनाको मृत्यु भएको छ । बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार केसीसहित सातजनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए । केसीलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।
Read full story at source (baahrakhari.com)