बिस्तारै खुकुलो बन्दै इजरायल
nayapatrikadaily.com · Mon Jul 26 07:33:00 GMT 2021
विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९)को तेस्रो तथा चौथो लहर चलिरहेको छ । कोभिड–१९ बाट बच्ने प्रमुख हतियार नै यसविरुद्ध खोप हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका सबै देशलाई कोरोनाको खोप अभियान प्रभावकारी बनाउन बारम्बार निर्देशन गरिरहेको छ । वेलावेलामा खोप लिएका व्यक्तिले संक्रमित बनाएको समाचार पनि नआएका होइनन् । त्यस किसिमको सामाचारले खोपप्रति नकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ । जस्तो भए पनि कोरोना संक्रमित हुनबाट बच्ने एक मात्र उपाय खोप नै मानिएको छ ।
यसैबीच इजरायलमा खोप लिएका व्यक्तिले अरूलाई संक्रमित नबनाएको रिपोर्ट सार्वजनिक भएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले गठन गरेको एक अनुसन्धान टोलीले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा भ्याक्सिन लिएका ८० प्रतिशत व्यक्तिले अन्यलाई संक्रमित नबनाएको उल्लेख भएको छ । अनुसन्धान टोलीले आफ्नो अनुसन्धानका लागि बढी भिड हुने जिमखाना, इभेन्ट हल, सांगीतिक कार्यक्रमस्थल तथा रेस्टुराँमा खोप लगाएका व्यक्तिहरूको स्याम्पल लिएको थियो ।
Read full story at source (nayapatrikadaily.com)