नेपाल–भारत जोड्ने पुल तयार
gorkhapatraonline.com · Sun May 31 03:14:12 GMT 2026

दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको पिथौरागढ जिल्ला अन्तर्गत धार्चुला बालुवाकोटनजिकको छारछुम जोड्ने पक्की पुल निर्माण भएको छ ।
नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको यो पुल निर्माण छ महिनापहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन । पुलको मुख्य संरचना निर्माण भइसकेको भए पनि नेपालतर्फ भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने सुरक्षा चेक पोस्ट संरचना निर्माण हुन बाँकी रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)