कुशल भुर्तेल एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौं खेलाडी
annapurnapost.com · Sun May 31 03:19:51 GMT 2026
काठमाडौं : कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका छैटौं र नेपालका दोस्रो खेलाडी बनेका छन्। एसियन गेम्स छनोट अन्तर्गतको चीनविरुद्धको पहिलो खेलमा नेपालका क्रिकेटर भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन्।
एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी हुन्। विश्वमा भने एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी छैटौं खेलाडी हुन्। यस अघि हर्सल गीब्स, युवराज सिंह, जसकरन मल्होत्रा, कायतन पोलार्ड र दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
Read full story at source (annapurnapost.com)