टिकटकर तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ, नेपाल ल्याइयो
himalpress.com · Sun May 31 03:35:14 GMT 2026

काठमाडौँ- टिकटकर तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो। अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ।
उनीलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मार्फत रेड नोटिस जारी गरिएको थियो।
Read full story at source (himalpress.com)