शिवकुमार अधिकारीको ‘कोपिला’ कथाकृति लोकार्पण
gorkhapatraonline.com · Sun May 31 03:38:45 GMT 2026

नेपाली लेखक सङ्घ स्याङ्जाले प्रकाशन गरेको शिवकुमार अधिकारीको कथाकृति ‘कोपिला’को लोकार्पण गरिएको छ। नेपाली लेखक सङ्घ स्याङ्जाको चौथो जिल्ला अधिवेशन तथा प्रथम स्याङ्जा पर्या–हरित काव्य उत्सवको अवसरमा उक्त कृतिको लोकार्पण गरिएको हो।
कार्यक्रममा अग्रज स्रष्टा देवीप्रसाद वनवासी, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दीपक लम्साल, दहथुमका नेत्रनारायण रेग्मी, मिलन समीर, लक्ष्मी रेग्मी खनाल, मुनाल गोदार, विष्णु पङ्गेनी पाण्डे, खगेन्द्रजङ्ग थापा, जीबी राना, शोभाकान्त रेग्मी, गणेश खत्री, गुरुप्रसाद ढकाल, लीला रेग्मी, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, विक्रम संवत, सरस्वती अर्याल काफ्ले, पारु थापा पल्ली, राजु गैह्रे, स्मारिका अर्याल र सीताराम अधिकारीलगायतले कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो।
Read full story at source (gorkhapatraonline.com)