एसियन गेम्स छनोट : कुशलको शतकमा नेपालद्वारा चीनलाई ३१४ रनको विशाल लक्ष्य
gorkhapatraonline.com · Sun May 31 03:53:17 GMT 2026
कु शल भुर्तेलले सानदार शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनलाई जितका लागि तीन सय १४ रनको विशाल योगफल दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा तीन सय १३ रन बनायो । नेपालका लागि कुशलले शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतक प्रहार गर्नुभयो । कुशलले ४३ बलमा पाँच चौका र १६ छक्काको सहयोगमा एक सय २९ रन बनाउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)