चिकित्सक नहुँदा सेवा प्रभावित
gorkhapatraonline.com · Sun May 31 04:01:30 GMT 2026

चन्द्रपुर (रौतहट), जेठ १७ गते । रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा असर परेको छ । प्रादेशिक अस्पताल गौरका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मुरारी ठाकुरले अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या हुन थालेको जानकारी दिनुभयो ।
नवौँ तहका पाँच जना र आठौँ तहका दुई जना चिकित्सक काजमा खटिएपछि अस्पताल चलाउन धौ धौ भएको उहाँले बताउनुभयो । ५० शøयाको अस्पताल अहिले सय शøयामा सेवा विस्तार भए पनि दरबन्दी अनुसारका चिकित्सक तथा अत्यावश्यक उपकरणको व्यवस्था नहुँदा ५० शøयामै अस्पताल सीमित हुन पुगेको उहाँको भनाइ छ । अस्पतालमा चिकित्सकको अभावले उपचारमै समस्या हुन थालेको गुनासो बारम्बार सम्बन्धित मन्त्रालयमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ । अस्पतालमा सेवा विस्तार गरिएको भए पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा एउटै चिकित्सकले रातिसम्म काम गर्नुपर्ने बाध्यता रहेको निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ठाकुरले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)