सौम्य शक्ति प्रवर्धनमा सरकारको ध्यान
gorkhapatraonline.com · Tue Jun 23 23:46:44 GMT 2026

सरकारले नेपालको सौम्य शक्ति र ‘डायस्पोरा’ क्षेत्रको बृहत् सदुपयोगमार्फत छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ । जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीति महाशाखा स्थापना गरिसकेको छ । त्यस्तै आफ्ना संस्थागत व्यवस्थामार्फत सौम्य शक्ति प्रवर्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ ।
सरकारले बजेट घोषणामार्फत नै सौम्य शक्ति प्रवर्धन र ‘डायस्पोरा’ को भरपूर उपयोग गर्ने उद्घोष गरिसकेको छ । सरकारले पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्ने लक्ष्य साँधेको छ ।
Read full story at source (gorkhapatraonline.com)